क्वारेन्टाइनका सरसामानसहित ४० फ,रार
जलेश्वर, जेठ २७ गते । महोत्तरी जिल्लाको सम्सी गाउँपालिकास्थित क्वारेन्टाइनबाट सरसामान सहित ४० जना फ,रार भएका छन् ।
भारतका विभिन्न शहरबाट आएर १४–१५ दिनदेखि सम्सी– ७ स्थित जनता माविमा सञ्चालित क्वारेन्टाइनमा बस्दै आएका ४५ मध्येका उनीहरु क्वारेन्टाइनमा आफूहरुलाई दिइएको सरसामान लिएर भागेको क्वारेन्टाइन इञ्चार्ज सुनिलकुमार यादवले बताउनुभयो ।
उनीहरु छिमेकी गैंढा, भेंटपुर, पोखरभिण्डा, संग्रामपुर र सम्सी गाउँका हुन् । उनीहरु क्वारेन्टाइनबाट भा,गेको जानकारी लिखित रुपमै गाउँपालिका, वडा कार्यालय र प्रहरीचौकी दिइसकिएको भए पनि अहिलेसम्म खोज्न कुनै पहल नभएको यादवले बताउनुभयो ।रासस


