अपाङ्गता भएकालाई घरमै पुगेर नेपाली नागरिकताको प्रमाण पत्र वितरण गर्न सुरु

नवलपुर, १७ भदौ। अ,पाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर नेपाली नागरिकताको प्रमाण पत्र वितरण गर्न सुरु गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरले अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता प्रदान गर्ने अभियान सुरु गरेको हो ।

अपाङ्गता भएका व्यक्ति नागरिकताबाट वञ्चित नहुन र सहज रुपमा नागरिकता प्राप्त गर्न सकून् भनेर त्यस्ता व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण सुरु गरिएको प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पङ्गेनीले बताउनुभयो ।

उहाँले जिल्लाको गैँडाकोट नगरपालिकाबाट अभियानको सुरुआत गर्नुभयो । नगरपालिका–१२ र १३ का अति अशक्त व्यक्तिलाई उनीहरुको घरमै पुगेर उहाँले नागरिकता वितरण गर्नुभएको हो । अति अशक्त, अपाङ्गता भएका व्यक्ति जिल्ला प्रशासन कार्यालयसम्म आउन निकै समस्या हुने हुँदा उनीहरूको सहजताका लागि र उमेर पुगेर पनि समयमा नागरिकता नबनाई नबसून् भनेर अभियानको थालनी गरिएको प्रजिअ पँगेनीले बताइन्

अपाङ्गता भएका व्यक्ति जिल्ला प्रशासन कार्यालयसम्म आउन समस्या हुने भएकाले उनीहरूको सहजताका लागि अभियानको थालनी गरिएको पङ्गेनीले बताउनुभयो । जिल्ला प्रशासन कार्यालयले जिल्लाका आठवटै स्थानीय तहसँग समन्वय गरेर यो अभियानलाई निरन्तरता दिने उहाँको भनाइ छ ।

“कतिपय अवस्थामा अपाङ्गता भएका व्यक्तिलाई परिवारले नागरिकता बनाउन प्रशासन कार्यालयसम्म ल्याउन सक्दैनन्”, प्रजिअ पङ्गेनीले भन्नुभयो, “त्यस्ता नागरिक नागरिकताविहीन हुने र उनीहरूले सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित हुनुपर्ने अवस्था आएकाले उनीहरुलाई राज्यबाट प्राप्त हुने सेवासुविधाबाट वञ्चित हुन नपरोस् भनेर घरमै पुगेर नागरिकता वितरण अभियान सुरु गरिएको हो ।”

उमेर पुगेर पनि नागरिकता नबनाएका अपाङ्गता भएका व्यक्तिको लगत स्थानीय तहबाट लिने र त्यसको आधारमा नागरिकता वितरण गरिने प्रजिअ पङ्गेनीले बताउनुभयो । “अपाङ्गता परिचयपत्र स्थानीय तहले प्रदान गर्ने भएकाले कुन वडामा कति जना, अति अशक्त र अपाङ्ता भएका नागरिक छन्, नागरिकता नबनाएका कति छन्, त्यसको लगत स्थानीय तहबाट लिन्छौँ”, उहाँले भन्नुभयो, “स्थानीय तहबाट आएको तथ्याङ्कको आधारमा नागरिकता वितरणको काम अगाडि बढाउँछौं ।”

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖