गोरु काटेर मा,सु नगरकोटमा बेच्न लैजाने क्रममा पाँचजना प,क्राउ

काठमाडौँ, १८ भदौ ।काठमाडौँ उपत्यकाको उत्तरपूर्वी भेगस्थित शङ्खरापुर नगरपालिका–३ धोक्साङमा गोरु काटेर मासु नगरकोटमा बेच्न लैजाने क्रममा पाँचजना प,क्राउ परेका छन् ।

काभ्रेपलाञ्चोक जिल्लाको मण्डन देउपुर नगरपालिकासँग सीमा जोडिएको यो स्थानमा चोरीको मोटरसाइकल प्रयोग भइरहेको सूचनाका आधारमा बुधबार बेलुकी नै महानगरीय प्रहरी प्रभाग साँखुबाट गएको प्रहरीले गोरुको मा,सु ओसारिरहेको अवस्थामा पाँच जना स्थानीयवासीलाई पक्राउ गरेको हो ।

धोक्साङबाट बा६७प ६६११ नं स्कुटीमा बोराका बोरा मा,सु लगिरहेका बेला प्रहरीले सोधखोज गरी घटनामा संलग्न पाँच जनालाई प,क्राउ गरेको हो । गोरु काट्ने, मा,सु ओसार्ने र त्यसमा प्रयोग भएको स्कुटी पनि प,क्राउ गरिएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।

ठूलाठूला दुई गोरु काटेर मा,सु नगरकोट लैजाने व्यक्तिसहित त्यस घटनामा संलग्नलाई महानगरीय प्रहरी वृत्त बौद्धले प,क्राउ गरेर आवश्यक अनुसन्धान अघि बढाएको छ । प,क्राउ पर्नेमा प्रितम तामाङ, मानबहादुर तामाङ, सन्तबहादुर तामाङ, रञ्जित थिङ र विजय घिसिङ रहेका छन् । घोक्साङका स्थानीयवासी तीनै जनालाई जिल्ला अदालत काठमाडौँमा पेस गरी अनुसन्धानका लागि चार दिनको समय लिइएको महानगरी प्रहरी परिसर काठमाडौँका प्रवक्ता रमेश बस्नेतले राससलाई जानकारी दिनुभयो ।

यसैबीच कागेश्वरी मनोहरा नगरपालिका–८ मा रहेको असहाय गाई बाच्छा संरक्षण स्थलमा आश्रित गोरु काटेर टाउको गाडी मा,सु बेचेको अवस्थामा भेटिएको छ । असहाय गाईबाच्छा संरक्षण अभियानले यस विषयमा अनुसन्धानका लागि नगरपालिका र प्रहरीमा उजुरी गरेको अभियानकर्मी उत्तम पुडासैनीले जानकारी दिनुभयो ।

संविधानमा राष्ट्रिय जनावर भनी सम्मान गरिएका गाईगोरु मासुका लागि काटिने, सडकमा छाडेर घाइते हुने, मारिने घटना बढ्दै जाँदासमेत सरोकार भएका सरकारी निकाय मुकदर्शक बनेको उहाँको भनाइ छ । अभियानले पशुपति क्षेत्र विकास कोषले उपलब्ध गराएको करिब एक सय रोपनी क्षेत्रफलमा करिब दुई सय असहाय गाईबाच्छा संरक्षण गर्दै आएको छ । स्वयंसेवी रुपमा चलेको अभियानमा दाताले जन्मदिनलगायत विभिन्न अवसरमा सहयोग गर्दै आएका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖