समाजको हिरासतमा रहेको एउटा भव्य घरको कथा
विशाल बस्नेत/महोत्तरी, २७ मंसिर । बर्दिबास नगरपालिका–१४ स्थित सुभम बस्तीमा जाने गल्लीको अली पर पुगेपछि दायाँतर्फ देखिने एउटा भव्य घरले जोकोहीलाई झसङ्ग बनाउँछ । घर नजिकै गएपछि भित्र खरानी नै खरानी छ । मानाैँ यो मु’र्धाघर हो, जहाँ दाहसंस्कारको लागि यही घरलाई प्रयोग गरिन्छ । अगाडिपट्टी दुईवटा सटर छन् । सटरभित्र जलेका बोतल र सिसाहरू देखिन्छन् । दिउँसै अँध्यारो र भग्नावशेष देखिने यो घर किन यति डरलाग्दो छ ? बस्तीको बीचमा पनि यो घरले वरपरका मानिसलाई त्र’सित बनाइरहेको ? यो घरबाट आवतजावत गर्ने जोकोहीमा यस्तै विभिन्न प्रश्न उब्जन्छ ।
तर, घरको दायाँबायाँ ठूला अक्षरले लेखिएको छ– यो अ’परा’धीको घर हो । यो घर किनबेच गर्न पाइँदैन । बर्दिबास सहरको व्यस्त गल्लीमा एक्लिएको यो भव्य घर अरुण साहको हो, जसले पाँच वर्षीया बालिका गुलावसा खातुनको एक वर्षअगाडि ब’ल’त्का’रपछि ह’त्या गरेको थियो ।साह कानुनअनुसार जे’लमा आ’जीवन स’जाय भोगिरहेका छन् । साह जेल स’जाय भुक्तान गरिरहँदा उनको घर, परिवार नै घृ’णा र आ’क्रोशको सि’कार बनेका छन् ।
मंसिर २०७७ मा साहले पाँच वर्षीया बा’लिकालाई यही घरमा ह’त्या गरेर बोरामा हालेर बाहिर फ्याँकेका थिए । सोहीबेला स्थानीयहरूले यो घरमा आ’गो लगाए, साहको सम्झना हुनलायक सम्पूर्ण सामानहरू ध्व’स्त बनाइदिए । त्यसपछि यो घर रित्तो बन्यो । करिब १० धुर जग्गामा बनेको यो घरको अगाडि र पछाडि अ’प’राधीको घर हो भनेर लेखेको देखेपछि साहसँगै यो घरले पनि उस्तै स’जाय भोगिरहेको छ । साहको अ’परा’धको कारण उनको परिवारका सदस्यसमेत वि’स्थापित भएका छन् । घरको प्रत्येक तल्लामा स्थानीयहरूले आ’गजा’नी गरेको खरानीका थुप्रोबाहेक केही छैन । साहले घरमा किराना पसल राखेका थिए ।
सोही पसलमा चक्लेट किन्न गएकी बा’लिका गुलावसा खातुन एक्कासि हराएकी थिइन् । हराएको तीन दिनपछि घरनजिकै मृ’त अवस्थामा भेटिएको केही घण्टामा नै प्रहरी हिरासतमा आफैँले ह’त्या गरेको उनसले स्वीकारेका थिए । अ’पराध गर्ने जोकोहीले कानुनको भागीदार मात्र हैन सामाजिक आक्रोश र सामाजिक सजायको पनि भागीदार बन्नुपर्छ भन्ने ज्वलन्त उदाहरण बनेको छ, यो घर ।
समाजको आ’क्रोश यसरी स्थापित भयो कि मानौँ साहको सम्पती, जग्गाजमिन, परिवार, सम्पुर्ण साहलाई अपराधमा उत्प्रेरित गर्ने तत्वहरू हुन् । अ’प’राधीलाई समाजले नै सजाय दिन पाउनुपर्ने भन्दै एक वर्षअगाडि बर्दिबास र’णभू’मिमा परिणत भएको थियो ।


