कालिज पालनमा रमाएका भीमबाबु

झापा, २८ मंसिर /दमक-५ का भीमबाबु भट्टराई नयाँ र नौलो व्यवसाय गर्न चहान्थे । उनी नयाँ व्यवसायको खोजीमा थिए । अवसरको खोजीमा हुनले कालिज व्यवसाय सुरु गरे । देशमा बढ्दै गएको पर्यटकीय सम्भावनालाई मध्यनजर गरेर काजिल व्यवसाय सुरु गरेको भीमबाबु बताउँछन् । दमक-४ स्थित संगम चोकमा किनेकाे एक विघा जग्गामा कालिज पालनका लागि संरचना बनाए ।

‘कालिज व्यवसायबाट राम्रो हुन्छ भन्ने सुनेको थिएँ । यता(दमक)तिर खासै पालेको देखेको पनि छैन,’ उनी भन्छन्, ‘व्यवसायमा नयाँ केही गरौँ भन्ने लाग्यो । त्यही भएर कालिज पालन सुरु गरेँ ।’ अनि उनले कालिज पालन र अन्य कृषि व्यवसायका लागि दुर्गा बहुउद्देश्य कृषि फर्म ।

६ महिनाअघि चितवनबाट कालिजका सात सय चल्ला ल्याएर फर्ममा हालेको उनी बताउँछन् । अहिले कालिज एक किलोदेख साढे एक किलोसम्मका भएका छन् । ‘झापामा पनि पाँच तारे, तीन तारे होटल खुलेका छन् । हाम्रो बजार झापा मात्र हैन विराटनगरसम्म हुने रहेछ भन्ने लागेर कालिज पाल्न थालेँ,’ उनी भन्छन्, ‘खासगरी कोरोना महामारीपछि पर्यटकीय क्षेत्र विकास हुन्छ भन्ने अपेक्षा छ । पर्यटकीय गतिविधि बढ्दा कालिजको व्यापार पनि बढ्छ ।’ अहिले बजारमा कालिजको माग उच्च रहेको उनी बताउँछन् ।

यद्यपि अहिले नै कालिजको व्यापार सुरु गर्ने योजना नरहेको उनले बताए । ‘सात सयमध्ये करिब दुई सय चाहिँ कात्तिकमा आएको बेमौसमी वर्षाले मार्‍यो । बाँकी रहेका पनि अब बेच्न त ठिक्क भएका छन् । तर, मचाहिँ अब यसबाट अरू थप कालिज उत्पादन गर्ने लक्ष्यमा छु’ उनी भन्छन्, ‘बजारमा माग धानिसक्नु छैन । मेरो उत्पादन नहुँदै एक हजारभन्दा धेरै कालिजको माग आइसकेको छ ।’

कालिजको मूलय पनि उच्च रहेको उनी बताउँछन् । ‘हुन त कालिज मैले पहिलोपटक लगाएको हुँ । तर, यसको बजार र मूल्य राम्रो रहेछ । राज्यले पनि सहयोग गरे कालिज पालनबाट केही गर्न सकिन्छ भन्ने आस पलाएको छ,’ उनी भन्छन्, ‘यसको चल्ला मैले एक हजार रुपैयाँ प्रतिगोटा हालेर ल्याएको हुँ । ६ महिनामा करिब-करिब तयार हुने रहेछ । तयार पार्दा ३५ सय प्रतिगोटासम्म विक्री हुने रहेछ ।’

उनले कालिजबाट तत्काल नाफा खोजेका छैनन् । चल्ला उत्पादनपछि भने राम्रो आम्दानी गर्ने उनको लक्ष्य छ । भट्टराईले कालिज पालनका लागि संरचना निर्माण र चल्ला खरिदमा मात्र करिब ५० लाख खर्च गरेको बताए । उनले एउटा तीन जनाको परिवारलाई रोजगारी पनि दिएका छन् । घरै नै बनाएर कालिज र उनको फर्मको स्याहारका लागि राखेका छन् । ‘म पहाडबाट तराईमा सुख खोज्न आएको केही वर्ष भाडामा बसेर मजदुरी गरेँ,’ उनको फर्ममा काम गर्ने प्रभुराम दर्जी भन्छन्, ‘मजदुरी गरेको पैसाले खान र घर भाडा तिर्न मात्र पुग्थ्यो । अहिले त बस्ने घर पाएको छु । भाडा तिर्नुपर्दैन । म कालिज स्याहार्न खुसी छु ।’

भीमबाबुले कालिज मात्र हैन कृषि फर्म विस्तारको लक्ष्य लिएका छन् । अहिले कालिजसँगै पाँच सय बोइलर कुखुरा पनि पालन गरेका छन् । यस्तै, केही लोकल बाख्रा पनि पालान गरेका छन् । ‘कृषि र पर्यटनलाई जोड्न सके धेरै राम्रो हुन्छ जस्तो लाग्छ । मैले कालिजसँगै लोकल बाख्रा र लोकल कुखुरा पनि व्यवसायिक रूपमा पाल्ने योजना बनाएको छु,’ उनी भन्छन्, ‘विदेश हैन स्वदेशमा पनि केही गर्न सकिन्छ भन्ने उदाहरण दिन चहान्छु ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।