बर्खामा बढेकाे खोलाले अब रोक्दैन बुर्तिवाङ-तमान यात्रा

बागलुङ, २८ मंसिर /बागलुङ पश्चिमका दुई स्थानीय तह ढोरपाटन नगरपालिका र तमानखोला गाउँपालिकामाको सडक यातायात हरेक बर्ष बर्खाको सयम रोकिँदै आएको थियो । अब भने बर्खामा बढेकाे खोलाकै कारण याे सडककाे यात्रा नराेकिने भएकाे छ । दुई स्थानीय तह जोड्ने सडक सञ्जाल बुर्तिवाङ-बोङ्गादोभान सडकको भालिवाङ र लुकुरवन खोलामा दुई वटा पक्की पुल निर्माण भएपछि बर्खामा समेत सहजै सवारीसाधन चल्ने सक्ने भएकाे हाे ।

जिल्लाको दोस्रो व्यापारिक शहर बुर्तिवाङदेखि तमानखोला गाउँपालिकाकाे केन्द्रसम्मको सडक सञ्चालन खोलामा आउने पानीको कारण नरोकिने तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताए । ढोरपाटन नगरपालिका र तमानखोला गाउँपालिकाको सीमा क्षेत्र भालिवाङ खोलामा पक्की पुल निर्माण गरिएको छ । कुल चार करोड ४२ लाख लागतमा बुर्तिवाङदेखि तमानखोला गाउँपालिका केन्द्र बोङगादोभान जोड्न पुल निर्माण गरिएको हो । नयाँ बाटो सूर्यदल जेभीले गतबर्षको मंसिरदेखि पुल निर्माण सुरू गरेको थियो ।

नौ महिनाका काम सक्ने गरी १२ असाेज ०७७ मा निर्माण सुरू भएपछि कोरोनाको कारण निर्माण ढिला भएको थियो । उक्त पुल ४० मिटर लम्बाइ र साढे आठ मिटर चौडाइको छ । एक बर्षमा पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएको कम्पनीका साइड इन्जिनियर बलाराम पौडेलले जानकारी दिए । पुल निर्माणपछि दुई गाउँपालिकाको सडक सञ्जाल बाह्रै महिना सञ्चालन हुनेछ ।

बर्खाको समय भालिवाङ खोलाको वहाब बढ्दा करिब पाँच महिना दुई पालिकामा यातयात सञ्जाल टुट्दै आएको थियो । अब नियमित सडक सञ्चालन हुने पौडेलले बताए । बूर्तिवाङ बजारदेखि तमानखोला गाउँपालिकाको केन्द्र बोङगादोभान ११ किलो मिटरको दुरी छ । पुल निर्माण भएपछि सडक यातयातको दुरी २० मिनेटमा सिमित भएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बुर्तिवाङ–तमानखोला सडक आयोजनाको स्तरवृद्धि तथा मोटरेवल पुल निर्माण गरेको हो । यसअघि आयोजनाले लुकुरबन खोलामा पुल निर्माण गरी यातयात सञ्चालन गरेको थियो । दुई वटा पुल सञ्चालनमा आए पछि बाह्रै महिना सडक यातयात सञ्चालन हुने गाउँपालिका अध्यक्ष बुढाले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖