किरात राई साँस्कृतिक कलाकार संघले यसरी मनायो आफ्नो १९ औं स्थापना दिवस

काठमाडौ । किरात राई साँस्कृतिक कलाकार संघकाे १९ अाै स्थापना दिवसकाे अवसरमा आयाेजित अन्तर किरात राई हाजिरी जवाफ प्रतियाेगितामा केन्द्र तर्फ किरात राई वान्तावाखिम यलखुम ले पहिलाे स्थान हाँसिल गरेकाे छ ।

संघका केन्द्रीय अध्यक्ष शालिक शतासक राईकाे अध्यक्षता तथा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका उपकुलपति प्राज्ञा नारदमणी हरतम्छलीकाे प्रमुख आतिथ्यमा सञ्चालित प्रतियाेगितामा उस्ले प्रथम स्थान हाँसिल गरेकाे हाे । त्यस्तै किरात स्वयत्त जनअभियान दाेश्राे र किरात राई यायाेक्खा बाग्मती प्रदेश तेश्राे भएकाे छ । साल्पासिलिचुङ सराेकार समाजले शान्त्वना स्थान हाँसिल गरेकाे छ ।

अन्तर किरात हाजिरी जवाफ प्रतियाेगिता,सम्मान तथा पुरस्कार वितरण कार्यक्रमकै अवसरमा नरमाया सवीरमान राई भिडियाे निर्देशन पुरस्कार २०७१ बाट निर्देशक, कलाकार तथा साँस्कृतिक अभियान्ता वीलसन विक्रम राईलाई नगद २२ हजार २ सय २ प्रदान गर्दै पुरस्कृत गरिएकाे छ । त्यस्तै किरात राई प्रतिभा पुरस्कार २०६७ बाट लेखक,निर्देशक तथा कलाकार वेदना राईलाई नगद १५ हजार सहित पुरस्कृत गरिएकाे किरात राई साँस्कृतिक कलाकार संघका महासचिव पदम थुलुङ राईले बताउनु भयाे ।

त्यस्तै तेजलिला किरात संगित पुरस्कार २०७० बाट गायक, संगितकार तथा साँस्कृतिक अभियान्ता मण्डल साङपाङ राईलाई नगद १५ हजार र हर्कजङ छलिशाेभा किरात कला पुरस्कार २०६८ बाट कवि, गितकार तथा साँस्कृतिक अभियान्ता प्राज्ञा टीका चाम्लिङ राईलाई नगद २३ हजार ३ सय ३३ सहित पुरस्कृत गरिएकाे संगठन विभाग सचिव सुखकला राईले जानकारी दिनुभयाे ।

हाजिरी जवाफ प्रतियाेगितामा पहिलाे भएकाे समूहलाई ११ हजार नगद सहित ढाेल,दाेश्राेलाई ७ हजार नगद सहित पाेमी र तेश्राेलाई ५ हजार नगद सहित झ्याम्टा र शान्त्वनालाई नगद ३ हजार सहित झ्याम्टा पुरस्कार प्रदान गरिएकाे संघले जनाएकाे छ । कार्यक्रममा किरात राई यायाेक्खा केन्द्रिय उपाध्यक्ष जनक राई, तीर्थराज मुकारुङ राई लगायतले मन्तव्य राखेका थिए । साेहि अवसरमा संघका आजीवन सदस्य र सहभागीहरुलाई सम्मान पत्र प्रदान गर्दै सम्मान गरिएकाे थियाे ।

यता प्रदेश तर्फ किरात राई चाम्लिङ खाम्बाखिम जिल्ला कार्य समिती सुनसरी प्रथम,किरात राई यायाेक्खा वेलका नगर समिती उदयपुर द्वितीय र साल्पा सिलिचुङ सराेकार संरक्षण प्रवर्द्वन केन्द्र अन्तराष्टिय समिती तृतीय भएका छन् ।

विजयी प्रथम समूहलाई झ्याम्टा, सिलिमी र पाेमी दाेश्राेलाई सिलिमी र पाेमी र तेश्राेलाई झ्याम्टा सहित मायाकाे चिनाे प्रदान गरिएकाे किरात राई सास्कृतिक कलाकार संघ उदयपुरका अध्यक्ष संरक्षक राईले जानकारी दिनुभयाे । किरात राई सास्कृतिक कलाकार संघ केन्द्रीय समितीका निवर्तमान अध्यक्ष रामकर राईकाे प्रमुख अातिथयमा भएकाे कार्यक्रममा विशिष्ट संरक्षक सदस्य माया चाम्लिङ राईलाई सम्मान पनि गरिएकाे अध्यक्ष राईले बताउनु भयाे । हाजिरी जवाफ प्रतियाेगितामा किरात राईकाे भाषा,धर्म,सस्कार, सस्कृती,ईतिहाँस, भूगाेल सम्बन्धि प्रश्नहरु साेधिएका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।