सुनसरीको दुई स्थानमा सवारी दुर्घटनाबाट २ जनाको मृत्यु

सुनसरी, साउन ०३ गते । सुनसरीको दुई स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

हिजो अपरान्ह धरान-१३ स्थित कोशी लोकमार्गमा भेडेटार तर्फ जादै गरेको प्रदेश १-०२-००२ख ०१६० नम्वरको ट्रकमा बिपरित दिशाबाट आउदै गरेको प्रदेश १-०२-०४८प ४९२४ नम्वरको मोटरसाईकल ठक्कर लागि दुर्घटना हुँदा मोटरसाईकल चालक धरान-२० का १७ बर्षीय समर्पण राई घाईते भई उपचारको लागि स्थानिय बिजयपुर अस्पताल लगिएकोमा अस्पताल पुर्‍याउना साथ उनको मृत्यु भएको थियो ।

यसै गरी सोही दिन बेलुका हरिनगर गाउँपालिका-२ स्थित हुलाकी राजमार्गमा BR38X8247 नम्बरको मोटरसाईकलले ठक्कर दिंदा घाईते भएकी पैदल यात्री हरिनगर-१ की ५० बर्षीया दुखनी देवी दासको उपचारको क्रममा गोल्डेन अस्पताल बिराटनगरमा मृत्यु भएको हो ।

दुर्घटनामा संलग्न ट्रक चालक झापा कमल गाउँपालिका-१ का प्रेम बहादुर न्यौपाने र मोटरसाईकल चालक भारत अररियाका सुरज दासलाई प्रहरीले नियन्त्रणमा लिई घटना सम्वन्धमा थप अनुसन्धान गरिरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖