धनकुटा सांगुरीगढीका राई २ सय किलो लागुऔषध गाँजा सहित इटहरीबाट परे पक्राउ
विराटनगर, साउन ६ । कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समुह PIT बाट खटिएको प्रहरी टोलीले ठुलो परिमाणको लागुऔषध गाँजा सहित १ जनालाई नियन्त्रणमा लिएको छ ।
बिशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले आज बिहान पौने ५ बजे सुनसरीको ईटहरी उप-महानगरपालिका-१ स्थितबाट बा १५ प ७१४ नम्बरको कारमा धरानबाट विराटनगर तर्फ लुकाई छिपाई ल्याउदै गरेको ८ वटा पोकामा रहेको २०० किलो ग्राम लागुऔषध तयारी गाँजा सहित कार चालक धनकुटाको सागुरीगढी गाउँपालिका-८ का ३४ बर्षीय दर्शन राईलाई नियन्त्रणमा लिएको हो ।
बरामद लागुऔषध गाँजा सहित नियन्त्रणमा लिएको राईको सम्बन्धमा इलाका प्रहरी कार्यालय ईटहरीबाट थप अनुसन्धान भई रहेको छ ।


