मोरङको बेलबारीमा करेन्ट लागेर महिलाको मृत्यु
मेरङ, साउन ०८ गते । मोरङको बेलाबारी नगरपालिका-७ हल्दिबारी स्थितमा ५१ बर्षीया पन्तिदेबि चौधरीको करेन्ट लागेर मृत्यु भएको छ ।
हिजो साँझ ७ बजे आफ्नै घरमा टिनको छानामा राखेको फलामको रड निकाल्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएकि उनलाई उपचारको लागी बिराट टिचिङ अस्पताल बिराटनगर ल्याएकोमा चेकजाँचको क्रममा डाक्टरले मृत घोषित गरेका थिए ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भई रहेको छ ।


