उदयपुर र झापामा करेन्ट लागेर ३ जनाको मृत्यु
विरानटगर, साउन १० । उदयपुर र झापाको ३ छुट्टा छुट्टै स्थानमा करेन्ट लाग्दा ३ जनाले ज्यान गुमाएका छन् । हिजो अपरान्ह उदयपुरको उदयपुरगढी गाउँपालिका-६ ओदालेका २६ बर्षीय राजीव कुमार मगर आफ्नै धान बालीमा मोटरबाट पानी लगाउने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।
यसै गरी हिजो साँझ घरमा पंखा जोड्ने क्रममा करेन्ट लागी घाईते भएका पाँचथर घर भई झापाको मेचिनगर नगरपालिका-१२ स्थितमा बस्दै आएका ३० बर्षीय सन्दिप तुम्बाम्फोको B&C अस्पताल बिर्तामोडमा उपचाको क्रममा मृत्यु भएको हो भने हिजै राती १० बजे झापाको कचनकवल गाउँपालिका-४ केचनाका ललन साह को १५ बर्षीय छोरा बिशाल साहलाई घरको बराण्डामा रहेको टिनको छानो छुदा करेन्ट लागेर बेहोस भएकोमा प्राथमिक स्वास्थ्य केन्द्र बनियानि पुर्याउन साथ डाक्टरले मृत घोषीत गरेका थिए ।
घटना सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।


