स्थानीय सरकार बेथिति र विसंगतितर्फ उन्मुख भएको निष्कर्ष !

बिशाल बस्नेत/१३ साउन, महोत्तरी  । महोत्तरीको बर्दिवासमा स्थानीय राजनीति दलहरुले स्थानीय सरकार बेथिति र विसंगतितर्फ उन्मुख भएको निष्कर्ष निकालेका छन ।

वडा अध्यक्ष बिराट बिष्टको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले नगरमा विकासको सट्टा विनास र अराजकता प्रवृतिको मलजल भएको निष्कर्ष निकालेका हुन ।

नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, लोसपा, रास्वपा, राप्रपा र जसपासहितका स्थानीय राजनीति दलका प्रतिनिधिहरुको सहभागीमा वसेको बैठकले राजश्व चुहावट, जनभावनाविपरितका निर्णयले जनतामा सरकारप्रतिको बितृष्णा बढ्दै गएकोप्रति चिन्ता ब्यक्त गर्दै अन्याय र बेथितिका विरुद्ध  प्रतिवाद गर्ने वताएका छन ।

नेकपा एमालेका नेता सन्त परियारले जनभावनाको उपेक्षा गर्न नहुने र यदि कसैले दुसाहस गरे शशक्त प्रतिवाद गर्ने वताए । पछिल्लो समय बर्दिवास-३ मा रहेको खुल्ला चौरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ कठ्ठा जग्गा माग गर्दै प्रक्रिया अगाडी बढाएको विषयप्रति पनि दलहरुले ध्यानाकर्षण जनाएका छन ।

खेलमैदानकोरुपमा प्रयोग हुँदै आएको ६ कठ्ठा जग्गा अख्तियारको नाममा नापी प्रक्रिया अगाडी बढेपछी स्थानियहरुले नदिने अडान राख्दै  उक्त जग्गा स्थानियहरुको हितमा उपभोग गर्न पाउनुपर्ने माग राख्दै आएका छन ।

सोही बिषयमा संचारमाध्यमवाट समाचार बाहिरिएपछी आज स्थानीय राजनीति दलहरुले एक बिज्ञप्ति जारी गर्दै उक्त जग्गा अतिक्रमण र अधिग्रहण नगर्न चेतावनी दिएका हुन ।

 बैठकका संयोजक तथा वडा अध्यक्ष बिराट बिष्टले दलिय प्रतिनिधिहरुको हस्ताक्षरसहित मंगलबार प्रकाशित विज्ञप्ति बोकेर ज्ञापनपत्र बुझाउन सरोकारवाला कार्यालयमा जाने वताए ।

नगरप्रमुख प्रल्हाद कुमार क्षेत्री स्वयम विकृतितर्फ उन्मुख भएको दावि गर्दै नेकपा एमालेका नेता शंकर महतोले यस्लाई समयमा नै रोक्न नसके परिणाम अपेक्षा गरेभन्दा बाहिर जाने वताए ।

नेता महतोको तर्कलाई अन्य राजनिती दलका नेताहरुले समेत समर्थन गरेका छन । गलतलाई गलत भन्ने सवालमा सवैको धारणा साझा हुनुपर्ने नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति महेश झाको भनाई छ ।

रेल्वे निर्माणलाई लिएर ठुलो मात्रामा राज्श्व चलखेल भैइरहेको वताउदै माओवादी केन्द्रका नेता राजु  खडकाले अर्को बैठक बसेर छानविन प्रक्रियालाई दवाव दिनुपर्ने धारणा राखे  । पैसाको आडमा सार्वजनिक सम्पत्तिहरु दोहन भैइरहेको बिषयप्रती चिन्ता व्यक्त गर्दै अवैज्ञानिक र अवैधानिक दोहनले पर्यावरणमाथी नै ठुलो संकट सिर्जना हुँदै गएको उन्को भनाई छ ।

मधेश प्रदेशमा नै छुट्टै पहिचान वनाउदै गएको बर्दिवासमा खानेपानीमा चरम संकट सिर्जना भैइरहेकोप्रती नेकपा एमालेका नगर अध्यक्ष तथा वडा अध्यक्ष काहारमान स्याङ्वाले ध्यानाकर्षण गराए । उन्ले सचिव र कोषाध्यक्षलाई बाहिर राखेर अनियमितता भएको स्वयम् पदाधिकारीवाट गुनासो आउँदा पनि राजनीति दलहरुले ध्यान नदिएकोप्रती चिन्ता ब्यक्त गरे ।

आईतवार अवैधानिक उत्त्खननका कारण वनेको खाल्डोमा परेर १३ बर्षिय वालक रिदम बिश्वकर्माको मृत्यु भएकोप्रती पनि राजनिती दलहरुले ध्यानाकर्षण जनाएका छन ।

वडा नं. ७ वाट मामाघर वडा नं.६ जानेक्रममा उक्त वालकको  खाल्डोमा परेर मृत्यु भएपछि स्थानिय सरकारको गैरजिम्मेवार र अनुगमनमाथी प्रश्न चिन्ह खडा भएको छ ।

हरेक बर्षायाममा खाल्डोमा परेर मृत्यु हुदा पनि स्थानिय सरकारको वेवास्ता दु:खद भएको वताउदै मानव पासोकोरुपमा वनाइएको खाल्डोप्रती राजनीति दलहरुले गम्भीर ध्यानाकर्षण जनाएका छन ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।