झापामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवकको मृत्यु
झापा । झापाको हल्दिबारीमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हल्दिबारी–४ लक्ष्मीचोक पश्चिम निवासी अन्दाजी ३० वर्षीय नरेश मोक्तान रहेको प्रहरीले जनाएको छ ।
मोक्तान मंगलबार बेलुकी ५ बजेको समयमा चुडालचोक पूर्व बाटो छेउको नाली जमेको पानीमा करेन्ट लगाई माछा मार्न गएका थिए ।


