सुनसरी र भोजपुरबाट नियन्त्रित औषधी सहित ७ जना पक्राउ

विराटनगर, कार्तिक ०५ गते । सुनसरी र भोजपुरबाट नियन्त्रित औषधी सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिशेष सुचनाको आधारमा कार्तिक ४ गते राती वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले नियन्त्रित औषधी ट्रामाडोल ९ सय ५० क्याप्सुल, स्पास्पेन १ हजार ३ सय ५० चक्की र डिकोलिक ७० चक्की सहित ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा धरान-१५ का २२ बर्षीय गौरव चौहान, २० बर्षीया स्मृती राई, १८ बर्षीय सुजल सुन्दास, २२ बर्षीय युगल राई, धरान-१७ का १९ बर्षीय बिशेष राई र खोटाङ घर भई धनकुटा बस्दै आएकी २४ बर्षीय निरु राई रहेका छन् ।

त्यसैगरी भोजपुरको हतुवागढी गाउँपालिका-१ बाट डिकोलिक ५० र ट्रामानिल ५० चक्की सहित धरान-१६ का २४ बर्षीय रोहन विश्वकर्मालाई इलाका प्रहरी कार्यालय घोडेटारले पक्राउ गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।