झापाबाट १३ जना जुवाडे पक्राउ

झापा । प्रहरीले झापाको हल्दिवारीबाट १३ जना जुवाडे पक्राउ गरेको छ । हल्दिवारी गाउँपालिका–१ गोलधापबाट १३ जना जुवाडेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

गोलधाप बजारस्थित गजेन्द्र काङबाङको घरमा जुवाजन्य तास तथा कौडा खेलिरहेको अवस्थामा प्रहरीले छापा मारेको थियो ।

पक्राउ पर्नेहरुमा हल्दिबारी– १ का ६३ वर्षीय यज्ञराज त्रिताल, सोही ठाउँका ४५ वर्षीय बीरबहादुर गुरुङ, ४२ वर्षीय रामनाथ साह, ६१ वर्षीय भानुभक्त नेपाली, ६२ वर्षीय अशोक राई, ६१ वर्षीय सरोज दाहाल, ३८ वर्षीय प्रकाश गिरी,बिर्तामोड– ५ का ५२ वर्षीय राजन चुडाल, भद्रपुर १० का ५५ वर्षीय राजेन्द्र तुलाधर , सोही ठाउँका ४३ वर्षीय माधव भट्टराई , ५८ वर्षीय रामबाबु राउत, भद्रपुर–७ का ४५ वर्षीय विशाल अधिकारी र भद्रपुर–८ का सुवास न्यौपाने रहेका छन् ।

उनीहरुको साथबाट नगद ८३ हजार दुई सय ८५ ,कौडा १६ थान, तास ४६९ थान, खाल एक थान, काठको फ्रेम एक थान, स्क्रिन टच मोबाइल ११ र किप्याड दुई थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्ण कुमार चन्दले जानकारी दिए ।

उनीहरुका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।