उदयपुरमा श्रीमानले पेट्रोल खन्याएर श्रीमतिलाई आगो लगाएपछि…
उदयपुर । उदयपुरमा श्रीमानले पेट्रोल खन्याएर आगो लगाँउदा एक जना महिलाको मृत्यु भएको छ ।
श्रीमानले पेट्रोल खन्याएर आगो लगाँउदा घाइते भएकी बेलका नगरपालिका–८ की ४० वर्षीया पूर्णकुमारी राईको उपचारका क्रममा मृत्यु भएको हो ।
घरायसी विवादका क्रममा ४८ वर्षीय दानबहादुर राईले असोज २२ गते पेट्रोल खन्याएर आगो लगाएका थिए ।
श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीविरुद्ध ज्यान सम्बन्धी कसुरमा मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।


