झापाको दमकमा दुई पक्षबीच झडप, एक जनाको मृत्यु
झापा । झापाको दमकमा दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ ।
दमक नगरपालिका– ३ मा जग्गा सम्बन्धी विवादमा हुँदा दमक ९ निवासी ३७ वर्षीय देशु भनिने यमु निरौलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
झडपमा परी गम्भीर घाइते निरौलालाई उपचारका लागि आम्दा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरीका इन्स्पेक्टर रामभक्त आचार्यले जानकारी दिए ।
घटना सम्बन्धमा अनुसन्धान भइरहेको छ । जग्गा सम्बन्धी विवादमा ग्याङ फाइट नै भएको दमक ३ का वडाध्यक्ष नवीन बरालले जानकारी दिए ।


