पूरा गरिसकेको राजनीतिक यात्रालाई उल्ट्याउने नलागाैंः सभामुख

काठमाडौं, १ बैशाख । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पूरा गरिसकेको राजनीतिक यात्रालाई उल्ट्याउने नहुने बताएका छन्।

 

नयाँ बर्ष २०८२ को अवसरमा शुभकामना दिदैँ सभामुख घिमिरेले विविध संस्कृतिहरू र गौरवशाली इतिहास बोकेको नेपाल नयाँ सम्भावनाहरूतर्फ अगाडि बढिरहेको पनि बताएका छन ।

 

‘आगामी दिनमा विकास र समृद्धिको दिशामा अघि बढ्न भौतिक, आर्थिक, सामाजिक तथा सुशासनका आधारहरूलाई सुदृढ गर्दै पूर्वाधार विकास, रोजगारी सिर्जना, उद्यमशीलताको प्रवद्र्धन र शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधारका लागि पाइला अघि सार्नुपर्ने भएको छ,’ सभामुख घिमिरेले शुभकामना सन्देशमा भनेका छन, ‘हामीले लामो संघर्ष र बलिदानबाट संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, सामाजिक न्याय, र शान्ति प्रक्रियाको संस्थागत अभ्यास सुरु गरिसकेका छौं । यी उपलब्धिहरूको रक्षा गर्नु र थप सुदृढ गर्दै लैजानु हाम्रो ऐतिहासिक जिम्मेवारी हो ।’

 

उनको तर्क छ, ‘हामीले पूरा गरिसकेको राजनीतिक यात्रालाई उल्ट्याउने होइन, नयाँ वर्षमा अझै अग्रगामी बनाउँदै मुलुकलाई स्थायित्व, विकास, समृद्धि र सामाजिक न्यायतर्फ अघि बढ्न प्रेरणा प्राप्त हुने विश्वास लिएको छु ।’

सभामुख देवराज घिमिरले दिएको शुभकामना सन्देश

नयाँ वर्ष २०८२ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । नयाँ वर्षले नेपाली समाजमा आपसी मेलमिलाप, एकता, समृद्धि र लोकतान्त्रिक मूल्य–मान्यताप्रतिको विश्वासलाई थप मजबुत बनाउने अपेक्षा लिएको छु ।

विक्रम संवत् पात्रोअनुसार वैशाख महिनाको पहिलो दिन मनाइने नेपाली नयाँ वर्ष केवल पात्रोमा मिति फेरिने दिन मात्र होइन, आत्मचिन्तन र उज्ज्वल भविष्यतर्फको यात्रा पनि हो । नयाँ वर्षको आगमनसँगै हामीले फेरि एक पटक नयाँ आशा, अवसर र उत्साहका साथ अर्को वर्षलाई स्वागत गर्दैछौं ।

नेपालमा नयाँ वर्षको उत्सव सांस्कृतिक र सामाजिक परम्परासँग गहिरो रूपमा गाँसिएको छ । नयाँ वर्षलाई नवीकरणको प्रतीकको रुपमा मानिन्छ, जसले नयाँ लक्ष्य निर्धारण गर्न, सकारात्मक परिवर्तनलाई आत्मसात् गर्न र एकताको भावना विकसित गर्न प्रेरित गर्दछ । 

विविध संस्कृतिहरू र गौरवशाली इतिहास बोकेको नेपाल नयाँ सम्भावनाहरूतर्फ अगाडि बढिरहेको छ । आगामी दिनमा विकास र समृद्धिको दिशामा अघि बढ्न भौतिक, आर्थिक, सामाजिक तथा सुशासनका आधारहरूलाई सुदृढ गर्दै पूर्वाधार विकास, रोजगारी सिर्जना, उद्यमशीलताको प्रवद्र्धन र शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधारका लागि पाइला अघि सार्नुपर्ने भएको छ ।

हामीले लामो संघर्ष र बलिदानबाट संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, सामाजिक न्याय, र शान्ति प्रक्रियाको संस्थागत अभ्यास सुरु गरिसकेका छौं । यी उपलब्धिहरूको रक्षा गर्नु र थप सुदृढ गर्दै लैजानु हाम्रो ऐतिहासिक जिम्मेवारी हो । हामीले पूरा गरिसकेको राजनीतिक यात्रालाई उल्ट्याउने होइन, नयाँ वर्षमा अझै अग्रगामी बनाउँदै मुलुकलाई स्थायित्व, विकास, समृद्धि र सामाजिक न्यायतर्फ अघि बढ्न प्रेरणा प्राप्त हुने विश्वास लिएको छु ।

नयाँ वर्ष २०८२ ले देशमा दिगो शान्ति, राष्ट्रिय एकता र सामाजिक सद्भावलाई थप मजबुत बनाउँदै आर्थिक समृद्धिका नयाँ अवसर सिर्जना गर्ने अपेक्षा लिँदै पुनः हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
१ वैशाख, २०८२

देवराज घिमिरे
 

 

 

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।