रसुवा बाढीमा दिवंगत भएकाहरूको सम्झनामा धनकुटामा दीप प्रज्वलन गरिने
धनकुटा । भाद्र १० गते रसुवामा आएको विनाशकारी बाढीमा परी दिवंगत भएकाहरूको सम्झनामा धनकुटामा दीप प्रज्वलन कार्यक्रम आयोजना हुने भएको छ।
जिल्ला प्रशासन कार्यालय, धनकुटा र कर्मचारी मिलन केन्द्र, धनकुटाको आयोजनामा आज भदौ २२ गते बेलुकी ६ बजे भीमनारायण चोक, धनकुटामा दीप प्रज्वलन कार्यक्रम आयोजना गर्न लागिएको हो।
बाढीमा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामनाका लागि कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
आयोजकले कार्यक्रममा सहभागी भई बाढीपीडित तथा दिवंगत परिवारप्रति ऐक्यबद्धता जनाउन सबैलाई आग्रह गरेको छ।

