रुकुम घटनाका आ,रोपितलाई १० दिन थु,नामा राख्न अनुमति

रुकुम , जेठ २२ । सोती घटनाका आ,रोपितलाई थप १० दिन हि,रासतमा राख्न अदालतले अनुमति दिएको छ।

चौरजहारी नगरपालिका–८, सोतीमा यही जेठ १० गते भएको घटनाका अ,भियुक्त १८ जनालाई जिल्ला अ,दालत रुकुम पश्चिमले बिहीबार म्याद थप गरेको हो।

जिल्ला प्रहरी कार्यालयले ११ दिनको म्याद माग गरेकामा अदालतले अ,भियुक्तलाई १० दिन हि,रासतमा राखेर घटनाको अ,नुसन्धान गर्न अनुमति दिएको जिल्ला अदालतका स्रेस्तेदार कृतबहादुर बोहराले जानकारी दिए।

मृ तकका परिवारले घटनामा संलग्न रहेको भन्दै २० जनाका नाममा किटानी जाहेरी दिएपछि प्रहरीले चौरजहारी–८ का वडाध्यक्ष डम्बरबहादुर मल्लसहित दुई पटक गरी १८ जनालाई प क्राउ गरेको छ। दुई जना भने हालसम्म प क्राउ पर्न सकेका छैनन्। घटनामा छ जनाको नि धन भएको थियो।

पहिलो पटक थप गरिएको १० दिनको म्याद सकिएपछि घटनाको थप अनु सन्धान आवश्यक रहेकाले दोस्रो पटक म्यादका लागि अदालतसमक्ष माग गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले बताए। रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖