ला,गुऔषध ओसारपसारको आ,रोपमा ए,म्बुलेन्ससहित चालक नि,यन्त्रणमा
तुलसीपुर, जेठ २३ गते । प्रहरीले ला,गुऔषध ओसारपसारको आरोपमा एम्बुलेन्ससहित चालकलाई तुलसीपुर–अमिलिया सडकको दमारगाउँबाट नियन्त्रणमा लिएको छ । गएराति बाँकेबाट तुलसीपुर आउँदै गरेको रा१च ३८९ नंको एम्बुलेन्समा १६ ग्राम ४५० मिलीग्राम ब्रा,उनसुगर भेटिएपछि आज नि यन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय तुलसीपु्रका प्रहरी निरीक्षक चक्र डमरपालले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त एम्बुलेन्स तुलसीपुर उद्योग वाणिज्य सङ्घको रहेको छ ।
तुलसीपुरबाटै बिहीबार तुलसीपुर–५ निवासी १७ वर्षीया दीपा थापा र घोराहीको बडहरा निवासी शङ्कर पुन बि रामी भएको भनी बाँके लगेको र त्यसको केही समयपछि उनीहरुलाई नै तुलसीपुर ल्याएको पाइएपछि प्रहरीले आ शङ्का गरेर सोधखोज गर्दा ती अ वैध पदार्थ भेटिएको हो । उनीहरुसहित एम्बुलेन्स चालक दङ्गीशरण गाउँपालिका–६ श्रीगाउँ निवासी तिलक विकलाई प्रहरीले प क्राउ गरेको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बबई गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख तथा प्रहरी निरीक्षक मोहनविक्रम केसीमाथि ढु ङ्गा प्रहार हुँदा घा इते हुनु भएको छ । उहाँको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो ।
बिहीबार राति गस्तीमा गएको समयमा बबई गाउँपालिका –५ पञ्चकुलेका ४५ वर्षीय चित्रबहादुर डाँगी र उहाँका २७ वर्षीय छोरा हेमराज डाँगीले मा दक पदार्थ सेवन गरेर प्रहरीमाथि हा तपात तथा ढु ङ्गा प्रहार गरेको उहाँले बताउनुभयो । प्रहरीले उनीहरुलाई नि यन्त्रणमा लिएको जनाएको छ ।रासस


