पहिरोले अवरुद्ध कोट पिङडाँडा, खावा ,नागी हुदै टेम्केमैयुङ गाउँपालिकाको केन्द्र अन्नपूर्ण जाने सडकको पहिरो पन्छाइँदै । तस्बिरः निरोज कोइराला / रासस
गुनासो र सुझाव व्यवस्थापनका लागि जिल्ला प्रहरी कार्यालय धनकुटाद्वारा क्युआर कोड सार्वजनिक गरिएको छ । सेवाग्राहीको सहजताको लागि धनकुटा जिल्लामा अवस्थित विभिन्न सरकारी कार्यालयहरुमा समेतमा टाँस गरिएको छ । तस्बीर
जिल्ला प्रहरी कार्यालय भोजपुरले गुनासो र सुझाव व्यवस्थापनका लागि क्युआर कोड सार्वजनिक गरेको छ । सेवाग्राहीको सहजताका लागि कार्यालय परिसरमा क्युआर कोड राखिएको हो । तस्बिरः निरोज कोइराला/रासस
कैलाश पर्वत तिब्बतस्थित प्रसिध्द धार्मिक तिर्थस्थल कैलाश पर्वत। तस्बिर : प्रदीपराज वन्त/रासस
हुम्लाको सर्केगाड गाउँपालिका–२ रिप गाउँको लेप्च्याबाट तुइन चडेर कर्णाली नदी तर्दै सिमकोट गाउँपालिका पूर्व उपाध्यक्ष बली रावत । यो तुइनबाट अहिले दैनिक ३०० भन्दा बढीले कर्णाली नदी वारपार गर्छन् ।
निन्तरको बर्षापछि आज मौसम खुल्दा देखिएको पाख्रिबास हेर्नुहोस् तस्बीरमा : तस्बीर :धनकुटा खबर
अम्बा किनबेच दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित शंखधर साख्वाचोकमा अम्बा किनबेच गर्दै स्थानीय । तस्बिर केदार मगर/रासस
विभिन्न माग राखी हिजो बुधबारदेखि सुरू गरिएको विभिन्न जिल्लाबाट काठमाडौँ केन्द्रित आन्दोलनमा सहभागी शिक्षकहरू बिहीबार माइतीघर बबरमहल सडकमा देखिएको भीड । तस्बिर ः रत्न श्रेष्ठ/रासस
जडिबुटी सडक खण्डमा भएको जाम अरनिको राजमार्गअन्तर्गत लौकिन्थली जडिबुटी सडक खण्डमा बिहीबार दिउँसो देखिएको सवारीसाधनकाको जाम । तस्बिर ः रत्न श्रेष्ठ/रासस
च्याब्रुङ प्रस्तुत गर्दै लिम्बू युवा झापाको कमल गाउँपालिका–३ का लिम्बू युवा सांस्कृतिक नृत्य केलाङ (च्याब्रुङ) प्रस्तुत गर्दै । तस्बिरः यज्ञराज आङदेम्बे/रासस