धनकुटाको पाख्रीबासमा आजबाट संचालनमा आयो नुनथला आकृति मीट मार्ट
धनकुटा,२४ माघ । धनकुटाको पाख्रीबास नगरपालिका ४ मा आजबाट नुनथला आकृति मीट मार्ट संचालनमा आएको छ ।
पाख्रीबासमै मासु बजारको पहिलो आउटलेटको रुपमा संचालनमा आएको मार्टले ग्राहकहरुलाई ताजा र गुणस्तरिय बंगुर,बोइलर,खसी लगायत सबै प्रकारका मासु उपलब्ध गराउने संचालक लिलाराम राईले जानकारी दिए ।
पसलमा नियमित आउने ग्राहकहरुलाई विशेष छुट, सुपथ मूल्य साथै होम डेलिभरिको समेत ब्यवस्था गरिएको राईले बताए ।
पाख्रीबास बजारको मुख्य चोकदेखि ३० मिटर पूर्व हिले जाने रोडमा संचालनमा आएको हो ।


